प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना « Khabarhub

प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजामा प्यालेस्टाइनीमाथि इजरायली आक्रमण लगातार जारी रहेको छ। शुक्रबार इजरायलले गरेको आक्रमणमा ६४ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य कार्यक्रमले त्यहाँ अहिले लाखौँ जना जोखिममा परेको बताएका छन्।

एकातर्फ लगातारको आक्रमण र अर्को तर्फ भोकमरीका कारण गाजामा धेरैको अवस्था खराब बनेको छ। इजरायलले खाद्यान्न र राहत वितरणमा पूर्ण रूपमा अवरोध सिर्जना गरेको छ। युद्ध सुरु भएको १८ महिनामा ५१ हजार ६५ जना मारिएको तथा एक लाख १६ हजार ५०५ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यहाँको सरकारी सञ्चार माध्यमले भने ६१ हजार सात सय जना मारिएको बताए। नाब्लसमा इजरायली सेनाले बन्दुक तेर्साएर रेडक्रसको एम्बुलेन्स फिर्ता पठाएको भिडियो सार्वजनिक भएको छ। सो एम्बुलेन्सले राहत सामग्री बोकेको थियो।

अहिले प्यालेस्टाइनी घर, क्याम्प र अस्पतालमा आफूलाई असुरक्षित महसुस गर्न थालेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ५२ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो