आईसीसी यू–१९ विश्वकपः नेपालको फाइनल यात्रा टुङ्गिदा अफगानिस्तान प्रवेश « Khabarhub

आईसीसी यू–१९ विश्वकपः नेपालको फाइनल यात्रा टुङ्गिदा अफगानिस्तान प्रवेश


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिकूलताका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल रद्द भएपछि नेपालको विश्वकप सपनामा विराम लागेको छ ।

अफगानिस्तान फाइनलमा पुगेको छ भने जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा नेपालले आफ्नो प्रतिनिधित्व गुमाएको छ ।

नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो । यो खेल रद्द भएपछि दुबै टोली अङ्क बाँडेका छन् । नेटरनरेटमा अगाडि भएको कारण सात अङ्ककसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अङ्क रहे पनि नेपाल विश्वकप प्रवेश हुनबाट बञ्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेल तल्लो मूलपानी क्रिकेट रंगशालामा बिहान ९ः३० बजे सुरु हुने जनाएको थियो । तर ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान भिजेकै कारण खेल खेलाउन सम्भव भएन । म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल खेलाउन पनि असम्भव रहेको बताएका थिए । दिउँसो २ बजेसम्म खेल हुने सम्भावना रहेपनि भिजेको आउटफिल्ड सुकाउन नसकेपछि खेलको सम्भावना टुङ्गिएको थियो ।

नेपालले यसअघि ८ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ४ : १५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको