देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिदैनौँ : प्रचण्ड « Khabarhub

देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिदैनौँ : प्रचण्ड


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्‌घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्त्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् । 

तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अव यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रविरुद्ध सबै उत्पीडित बर्ग र जाति समुदाय अगाडि बढ्नुपर्ने बेला आएको धारणा राखे । 

प्रचण्डले अन्य दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफू रहेको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरूको ३० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे ।

उनले नेवार समुदायको समुदाय, भाषा, पहिचान स्थापित नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ०७ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज