कालीकोटमा नेपाली हाते कागज उत्पादन « Khabarhub

कालीकोटमा नेपाली हाते कागज उत्पादन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ । 

गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो ।

 उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । 

नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पुर्‍याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताए।

‘स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ’, उनले भने, ‘यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ ।’

कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताए। 
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ४५ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’