मानव कल्याणमा समर्पित हुन आवश्यक : प्रेम रावत « Khabarhub

मानव कल्याणमा समर्पित हुन आवश्यक : प्रेम रावत


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अन्तर्राष्ट्रिय शान्तिवक्ता तथा लेखक प्रेम रावतले मानिसको जीवन अनमोल रहेकाले आफूभित्रको दया र करुणाका भावबाट मानव कल्याणमा समर्पित हुन आह्वान गरेका छन् ।

आत्मज्ञान प्रचार सङ्घले रुपन्देहीको सैनामैना–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन् । 

‘मानिसको जीवन अनमोल छ र यो चोला फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको हुँ । मानिसभित्र दया, माया र करुणाजस्ता धेरै राम्रा कुराहरू छन् । त्यसलाई मानव कल्याणमा समर्पित गर्नु आवश्यक छ’, रावतले भने। 

‘द प्रेम रावत फाउन्डेसन’ (टिपिआरएफ) का संस्थापक उनले श्वासको मूल्यलाई नबुझेसम्म जीवन कति अमूल्य छ भन्ने बुझ्न कठिन हुने तर्क गरे।

कार्यक्रममा नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्यामा उनका शुभेच्छु र अनुयायीको सहभागिता रहेको संस्थाका सदस्य डा श्रीराम अधिकारीले जानकारी दिए । उनको आन्तरिक सुख र शान्तिसम्बन्धी व्यावहारिक सन्देश ११० भन्दा धेरै देशमा सुन्ने गरिन्छ ।

प्रतिष्ठानले नेपाल, भारत, घाना र दक्षिण अफ्रिकामा विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ४५ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’