शंकर पोखरेलले भने : शिक्षा ऐनबारे माओवादीले सरकारलाई दोष दिनु लाजमर्दो « Khabarhub

शंकर पोखरेलले भने : शिक्षा ऐनबारे माओवादीले सरकारलाई दोष दिनु लाजमर्दो


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षा ऐनको काम अघि बढाइ सकेको बताएको छ । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको जानकारी दिएका हुन् ।

विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग भएको उल्लेख गर्दै उनले वर्तमान सरकारलाई दोष दिँदै माओवादी “पानी माथिको ओभानो” बन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘ विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै “पानी माथिको ओभानो” बन्ने प्रयास लाजमर्दो छ।
वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको अवस्थामा विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको छ। अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ।’

उनले विद्यालय शिक्षा ऐनमा माओवादी केन्द्रले आलोचना नभइ निःशर्त सहयोग गर्नु पर्ने समेत उल्लेख गरेका छन्

‘माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ।आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।’

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ८ : ४२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना