‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो ! « Khabarhub

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५ गते प्रेमी यचित राणासँग काठमाडौं जिल्ला अदालतमा पुगेर सुटुक्कट विवाह गरिन् ।

नीतिलाई विवाहको कुरा सार्वजनिक गर्न मन थिएन । तर, यतिको चर्चित व्यक्तिले ‘कोर्ट म्यारिज’ गरेको कुरा लुकाएर के लुक्थ्यो ?

सोही दिन नै यो कुरा बाहिरियो । नीति भन्छिन्, ‘मलाई यो कुरा सार्वजनिक गर्न मन थिएन । अदालतबाटै लिक भयो जस्तो छ ।’

पारिवारिक कारणले गर्दा ‘कोर्ट म्यारिज’ गर्ने निर्णयमा पुगेको र पछि विधिपूर्वक विवाह गर्न योजना रहेकाले यो कुरा गोप्य राख्न चाहेको उनले बताइन् ।

नीति आफ्नो फिल्म ‘नरसिंहा : अभतार’को प्रचारका लागि सोमबार प्रज्ञा प्रतिष्ठानमा पुगेकी थिइन् । विवाहपछि उनले पहिलो पटक मिडियाको सामना गरेकी थिइन् ।

त्यहाँ भने नीतिले खुलेरै विवाहबारे कुरा सेयर गरिन् । उनले मिडियासामु ‘कोर्ट म्यारिज’ गरे पनि माइतमै बस्ने गरेको आशयको कुरा गरिन् ।

अबको केही महिनापछि विधिपूवर्क विवाह गरेर उनी श्रीमानको घर जाने आशयको कुरा उनले गरेकी हुन् ।

भनिन्, ‘विधिपूवर्क विवाह गरेपछि मात्रै विवाह गरेको जस्तो हुने रहेछ । त्यसका लागि अझै केही कुनुपर्ने हुन्छ । केही महिना कुर्नुपर्ने हुन्छ ।’

यद्यपि आफ्नो विवाहको कार्यक्रम पूर्वनिर्धारित योजनामै भएको उनले बताइन् । भनिन्, ‘यो वर्ष नै विवाह गर्न कुरा थियो । कोर्ट म्यारिज चाहिँ पारिवारिक कारणले भयो ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : २३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक