पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ « Khabarhub

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ।

हजयात्रीको समुहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गर्दै सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गरे । उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा राखे ।

मन्त्री पाण्डेले हज व्यवस्थापन, यात्रीहरूको सुरक्षालगायत सम्पूर्ण प्रक्रिया व्यवस्थित र मर्यादित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए । उनले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान झल्काउने व्यवहारका साथ पवित्र भूमिमा प्रतिनिधित्व गर्न आग्रह समेत गरे ।

यस वर्ष हजमा जान ४० भन्दा बढी नेपाली हजयात्रीको सहभागिता रहने जनाइएको छ। तीर्थयात्रीहरूलाई सहज रूपमा हज यात्रा सम्पन्न गराउन नेपाल सरकार, मुस्लिम आयोग र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ९ : ४७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक