संसद्‌मा पलेँटी कसेर पुस्तक पढ्दै रास्वपा सांसद (तस्बिरहरू) « Khabarhub

संसद्‌मा पलेँटी कसेर पुस्तक पढ्दै रास्वपा सांसद (तस्बिरहरू)


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेको छ । बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहेको छ । 

छलफलमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका विभिन्न दलका सांसदहरू भाग लिइरहेका छन् । तर, भिजिट भिसा प्रकरणको विषय अघि सारेर आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सदनमा फरक ढङ्गले प्रस्तुत भइरहेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पुस्तकहरू अध्ययन गरिरहेका छन् । 

अघिल्ला बैठकहरूमा वेल घेराउ गरेर नाराबाजी गर्दै आएका रास्वपाका सांसदहरू बिहीबार वेलमै पलेँटी कसेर पुस्तक पढी रहेका छन् । 

भिजिट भिसा प्रकरणमा रास्वपाजस्तै आन्दोलनरत अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठक बहिष्कार गरेर सुरुवात मै सदनबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ३ : ५५ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।