कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित « Khabarhub

कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको हो । 

प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभा सञ्चालन सुरु गरेपछि सत्ता पक्षका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सभा सञ्चालनका लागि प्रतिपक्ष दल हुनुपर्ने प्रचलन भएको बताए । 

‘अहिले प्रतिपक्ष दलका कुनै सांसद हुनुहुन्न,’ उनले भने,‘बरु ३०, ४० मिनेट कुरेर भए पनि उहाँहरू ल्याऊ अनि सभा गरौँ ।’ भन्ने प्रस्ताव गरेका थिए ।

त्यस लगत्तै सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी हुन् । 

प्रतिपक्ष दलहरूले कर्णाली प्रदेश सरकारले ल्याएको योजना बजेटमाथि असहमति जनाउँदै आएको छ । उनीहरूले विधि विधान बाहिर सत्तापक्षले आफ्ना पोस्ने नागरिकको हित विपरीत बजेट ल्याएको बताउँदै आएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : ११ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना