श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण | Khabarhub Khabarhub

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका कृषकलाई अनुदान स्वरुप आधुनिक कृषि उपकरण सामग्री वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत विद्युतीय मोटर, डेलिभरी पाइप तथा त्रिपाल वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

कृषकलाई ४३ थान विद्युतीय मोटर, ६० बन्डलडेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ । नगरपालिकाको बार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकहरुको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण सामान विरण गरिएको उनले बताए।

कृषि क्षेत्र नगर विकासको आधारस्तम्भ भएकाले यस्ता कार्यक्रममार्फत कृषकको उत्पादनशीलता र जीवनस्तर सुधार ल्याउने लक्ष्य लिएको नगरप्रमुख कार्कीको भनाइ छ । कृषकको श्रमलाई प्राविधिक साथ दिन सकियो भने उत्पादन वृद्धि हुनका साथै कृषि उपजको निर्यातमा श्रीलङ्का टापु क्षेत्र अग्रणी बन्न सक्ने उनले बताए।

श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायतका नगदेबालीको उत्पादन पर्याप्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाले बर्सेनि बीउविजन र अन्य आवश्यक कृषि उपकरण शतप्रतिशत अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, कृषि शाखा प्रमुख तुलसा लिम्बू, गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ४३ बजे

प्रधानमन्त्रीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा

भीरबाट लडेर एक पुरुषको मृत्यु

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका एक पुरुषको

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार