मुग्लिन-पोखरा सडक : चिटिक्क ! (तस्बिरहरू)  « Khabarhub

मुग्लिन-पोखरा सडक : चिटिक्क ! (तस्बिरहरू) 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ । यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ ।

‘मेजर कामहरू सबै सकियो। छिटफुट कामहरू जस्तै एप्रोच रोड र सडक सुरक्षाका कामहरू बाँकी छन् । ट्राफिक संकेतहरु राख्न बाँकी छ,’ उनले भने ।

निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ ।

यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डले जनाएको छ  । यो पुलको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो ।

एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ०० बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त