मुग्लिन-पोखरा सडक : चिटिक्क ! (तस्बिरहरू)  « Khabarhub

मुग्लिन-पोखरा सडक : चिटिक्क ! (तस्बिरहरू) 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ । यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ ।

‘मेजर कामहरू सबै सकियो। छिटफुट कामहरू जस्तै एप्रोच रोड र सडक सुरक्षाका कामहरू बाँकी छन् । ट्राफिक संकेतहरु राख्न बाँकी छ,’ उनले भने ।

निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ ।

यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डले जनाएको छ  । यो पुलको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो ।

एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ०० बजे

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो