सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी « Khabarhub

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिदा व्यवस्थापनमा चुनौती थपिएको छ । एक सय ५० जना क्षमताको कारागारमा हाल चार सय ५८ जना कैदीबन्दी रहेका छन् । अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन् ।

कैदीबन्दीको चापसँगै अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि आज यहाँ सुरक्षा निकाय सम्मिलित टोलीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कैदीबन्दीको कोठामा पुगेर अनुगमन गरेको कारागार प्रमुख सुवोध महतोले जानकारी दिए ।

उनले भने, “कारागारमा आज अनुगमन गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ छ । अनुगमनका क्रममा कैदीबाट पङ्खा, कुलरलगायतका सुविधाको माग गरिएको छ ।”

महतोका अनुसार ५४ वर्ष पुरानो यो कारागारको भवन र पर्खालसमेत जीर्ण छ । यी समस्या समाधानका लागि पटक–पटक माग गर्ने गरिएको छ ।

यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो । डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ३६ बजे

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको

ट्रम्पको जिकिर- ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ 

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट