सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री  « Khabarhub

सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री 

सचिवालय भन्छ : दशैं-तिहार र बाढी पहिरोले व्यस्त बनायो  



काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गरेकी छन् । 

कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको सचिवालयका सदस्य अजयभद्र खनालले बताए । 

खनालले खबरहबलाई दिएको जानकारी अनुसार पत्र पठाएर यही साताभित्र राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्ने भएकी छन् । 

‘यो हप्ताभित्र हामी राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्न पत्र पठाउने तयारी गरेका छौँ। छलफलको मिति आज नै तोकिनेछ ‘, खनालले खबरहबसँग भने, ‘पहिला राष्ट्रिय दलहरूसँग संवाद हुन्छ त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने अरु दल र अन्य सबैसँग पनि संवाद गर्ने तयारी गरेका छौँ।’

खनालका अनुसार आइतबार त्यसको मिति तोकिने बताइएको छ। 

‘हामीले यस अगाडि नै दलहरूसँग संवाद गर्ने भनेर तयारी गरेका थियौँ तर दशैं तिहार बाढी पहिरो लगायतका समस्याहरूले गर्दा सकिरहेका थिएनौँ, खनालले खबहबसँग भने,’देश जटिल अवस्थामा पुगेका कारण हामीले बाढी पहिरो लगायतका विपत्तिलाई उद्धार गर्नतर्फ लाग्यौँ। संवाद गर्ने कुरा त हाम्रो निकै अगाडि नै भएको हो तर हामीले सकिरहेका थिएनौँ।’

खनालले राष्ट्रपतिलाई प्रधानमन्त्रीले नै दलहरूसँग संवाद गर्न आग्रह गरेको बताएका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको सल्लाहमै केही दिनअगाडि शीतल निवासमा दलहरूसँग संवाद गरेको खनालको दाबी छ। 

खनालका अनुसार अनौपचारिक रूपमा केही दलका नेताहरूसँग प्रधानमन्त्री कार्की अहिले पनि संवादमै छिन् ।  

कार्कीले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरूसँग भने भेटेर छलफल गरेकी थिइन् । 

यी नेताहरूले प्रधानमन्त्रीसँग भेट्ने इच्छा जाहेर गरेपछि उनले भेटेको बताइएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबाहेक प्रधानमन्त्री कार्कीले अन्य दलका नेताहरूसँग अनौपचारिक छलफल गरेको अन्य दलका नेताहरू बताउँछन्। 

यसबारे प्रश्न गर्दा खनालले भने यस्तो नभएको बताए । उनले भने, ‘सबै जनालाई आह्वान गरेर उहाँले भेटेर संवाद गर्न चाहिँ नसक्नुभएको हो किनकि अवस्था नै त्यस्तै बन्यो तर भेट्न चाहने र संवाद गर्न चाहने व्यक्तिसँग उहाँले अस्वीकार गर्नुभएको छैन ।’ 

सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ। निर्वाचनको मिति पनि दलहरूसँग संवाद नगरी तोकेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले असन्तुष्टि जनाइरहेका छन्। 

केही समय अगाडि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले दलहरूसँग संवाद नै नगरी निर्वाचनको मिति घोषणा गरेको र शान्ति सुरक्षाको प्रत्याभूति नगराएको भन्दै असन्तुष्टि जनाएका थिए। 

उनले चाँडोभन्दा चाँडो कार्कीले दलहरूसँग संवाद गरेर अगाडि बढ्नका लागि सुझाव दिएका थिए। 

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पनि सरकारले निर्वाचनको मिति घोषणा गरे पनि मुख्य दलहरूसँग संवाद नगरेका कारण सरकारको काम कर्तव्यमाथि प्रश्न उठाएका थिए। 

उनले सरकारलाई दलहरूसँग संवाद गरेर अगाडि बढ्नका लागि सुझाव समेत दिएका थिए। 

यी दुवै नेतालाई प्रधानमन्त्रीले संवादका लागि आग्रह गरे जानुहुन्छ भन्ने प्रश्नमा भने, ‘यसका लागि हामी तयार छौँ उहाँसँग भेटेर हामी अहिलेको वस्तु स्थिति र परिस्थितिका बारेमा खुलस्त रुपमा छलफल गर्नेछौँ।’

निर्वाचन नसार्ने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री कार्की अहिलेसम्मको अवस्थामा फागुनको निर्वाचन सार्ने तयारीमा छैनन्। सचिवालयका अनुसार उनी जसरी पनि फागुनमा निर्वाचन गर्ने पक्षमा छिन् ।

यता जेन-जीले पनि फागुन २१ मै निर्वाचन गराउनुपर्ने मागसहित प्रधानमन्त्रीसँग भेटघाट गरिरहेका छन्। 

तर दलहरूको छलफल पछाडि निर्वाचन सार्नेसम्मको तयारी हुनसक्ने सम्भावना छ। मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपालका माओवादी केन्द्रको महाधिवेशन मङ्सिरमै हुँदैछ। 

यसबारे प्रधानमन्त्रीका सचिवालय सदस्य खनालले भने, ‘सरकार शान्ति सुरक्षा कायम गर्न तयार छ । निर्वाचन सार्ने मनसायमा हामी छैनौँ। यसका लागि गर्नुपर्ने आवश्यक तयारी गरिरहेका छौँ।’

दलहरूपछि जेन-जीसँग पनि छलफल गर्ने

प्रधानमन्त्री कार्कीले मुख्य दलका नेता र अन्य दलहरूसँग संवाद गरेपछि पुन: जेन-जीसँग पनि छलफल गर्ने बताइएको छ। 

खनालका अनुसार तेस्रो चरणमा कार्कीले जेन-जीसँग पनि छलफल गर्ने छिन्। ‘अहिले पनि जेन-जीसँग हामी संवादमै छौँ । दलहरूसँग बसिसकेपछि पुन: एकपटक उहाँहरूसँग पनि बस्नेछौँ’, खनालले अगाडि भने, ‘सरकार कुनै हालतमा निर्वाचनमा गएर जनप्रतिनिधिलाई हस्तान्तरण गर्न तयार छ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : १८ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको