ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन « Khabarhub

ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् ।

प्रेस चौतारी नेपालले आइतबार गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताए ।
उनले अहिलेको सरकारले आफूलाई देश भित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको बताउँदै यो कस्तो सरकार भन्दै प्रश्न गरेका छन् ।

आफूमाथि सुरक्षा चुनौती भएको बेला सरकारले सुरक्षाकर्मी फिर्ता लिएको ओलीले बताए । सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उनको भनाइ छ । ओलीले वडाध्यक्षदेखि स्थानीय तहका जनप्रतिनिधिलाई सुरक्षा बढाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलक्षित कटाक्ष गरे ।

भोलि आफूलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग आउने भन्दै त्यो कुरा सम्पादकले नै भन्न बाध्य हुने ओलीको दाबी छ । ‘तपाईँहरूले सम्पादकीय लेखेर भन्नु हुने छ केपी ओली फिर्ता लाउनु पर्छ, विशेष सम्पादकीय लेखेर भन्नु हुने छ’, उनले भने ।

ओलीले भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताए । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पारे । ‘मेरै घर जलाइएको छ, मेरै बाउको घर जलाइएको छ, म जिम्मेवार हुनु पर्ने ? मेरो घर मैले नै जलाएँ त ?’, उनले प्रश्न गरे ।

जेन-जी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उनले त्यसविरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको ओलीले गुनासो गरे । ‘यो नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्नु पर्छ, लेख्न सक्नु पर्छ’, उनले भने ।

संसद् स्थापना बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताए ।

आफूले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरूले अहिले संसद् विघटनको समर्थन जनाउन आश्चर्यजनक भएको उनले सुनाए ।

निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीले बताए ।

एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने दाबी ओलीले गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : १६ बजे

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार