विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल « Khabarhub

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको वर्षा गरेको छ। लिक्टेनस्टाइनविरुद्ध गोलको वर्षा गर्दै बेल्जियमले ७-० को शानदार जित निकालेको हो।

समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलको सुरुवातदेखि नै अग्रता कायम गरेको बेल्जियमले ऐतिहासिक जित निकालेको हो। यो जितसँगै बेल्जियमले विश्वकप २०२६ मा स्थान पक्का गरेको छ।

खेलको तेस्रो मिनेटमा हान्स भानाकेनको गोलको अग्रता लिएको बेल्जियमका लागि ३४ र ४१ मिनेटमा जेरमी डोकुले दुई गोल गरेका थिए। पहिलो हाफमा ३–० ले अगाडि रहेको बेल्जियमले दोस्रो हाफमा चार गोल गरेको हो।

दोस्रो हाफको ५२ मिनेटमा ब्रान्डोन, ५५ मिनेटमा अलेक्सिस साएलेमेर्स, ५७ र ५९ मिनेटमा चाल्र्स डे केटेलाएरले दुई गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाएका हुन्।

बेल्जियमविरुद्ध लिक्टेनस्टाइनको भने कुनै सीप चलेन।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ५५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र