रणवीर सिंहको फिल्म ‘धुरन्धर’को ट्रेलर सार्वजनिक « Khabarhub

रणवीर सिंहको फिल्म ‘धुरन्धर’को ट्रेलर सार्वजनिक


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएको छ। 

नोभेम्बर १८, २०२५ मा सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा धमाधम प्रतिक्रिया बटुल्दै छ। निर्देशक आदित्य धरको निर्देशनमा बनेको यो फिल्मलाई वर्षकै एक महत्वपूर्ण एक्शन–ड्रामा मानिएको छ।

साढे तीन मिनेटको ट्रेलरमा रणवीरलाई निकै उग्र, शक्तिशाली र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको रूपमा उनले देखाएको तीव्र अभिनय दर्शकलाई चकित बनाउने किसिमको छ।

फिल्ममा रणवीरसँगै सन्जय दत्त, अक्षय खन्ना, आर। माधवन र अर्जुन रामपाल जस्ता बलिउडका दमदार कलाकारहरूको उपस्थिति देखिन्छ, जसले कथालाई अझ बलियो बनाएको छ। प्रत्येक कलाकारका नयाँ अवतार र तीव्र एक्शन ट्रेलरको मुख्य आकर्षण बनेका छन्।

अभिनेता रणवीर सिंहको  ‘धुरन्धर’ मंसिर १९ गते  विश्वभर रिलिज हुने तयारीमा छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रतिको उत्सुकता झन् बढेको छ र दर्शकहरूले रणवीरको ‘सबैभन्दा हिंसात्मक र शक्तिशाली भूमिका’ भन्दै प्रशंसा गरिरहेका छन्।

ट्रेलर युट्युबमा सार्वजनिक भएको केही घन्टामै लाखौँ भ्यूज बटुल्दै ट्रेन्डिङमा समेत पुगेको छ, जसले फिल्मप्रतिको उच्च अपेक्षा झल्काउँछ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : १७ बजे

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन 

काठमाडौं– एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी

‘जेन-जी’का नाममा सिमरा विमानस्थल तोडफोड गर्नेहरू अपराधी र राष्ट्रविरोधी हुन् : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरा विमानस्थलमा

करणको धारिलो बलिङले सुरूमै धर्मरायो सुदूरपश्चिम, ४ रन बनाउँदा खस्यो ३ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम

निष्पक्ष र चुस्तदुरुस्त ढङ्गबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौं–  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार