नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै « Khabarhub

नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर- नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।

विश्वविद्यालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही पुस १० गते दशरथ रङ्गशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।

उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । त्रिवि उपकुलपति प्राडा दीपक अर्यालले नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वविद्यालयको अन्तर्राष्ट्रिय गरिमा बढ्ने बताए ।

सम्मेलनमा यसपटकको दीक्षान्त समारोहमा कुल १६ हजार ३०० भन्दा बढी विद्यार्थी र तिनका अभिभावकसहित ४१ हजार सहभागी हुनेछन् ।

विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । यसमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले गर्ने जानकारी पनि कार्यक्रममा दिइयो । त्यसै गरी शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन दीक्षान्त समारोहको विशेष अतिथिका रूपमा र ५२ जना त्रिवि सभासदहरू दीक्षान्त पोशाक (गाउन)सहित उपस्थित हुनेछन् ।

कार्यक्रममा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१ व्यवस्थापनका ४३ हजार ६१०, कानुन संकाय दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : १४ बजे

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा

पहिचान जोगाउन होमस्टे सञ्चालन

भजनी– थारू समुदायको पहिचानसहितको  कला, संस्कृति तथा मौलिकताको संरक्षण र

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको

यस्तो छ, लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि