राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ « Khabarhub

राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनाको अवधिमा तीन अर्ब १९ करोड ६ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत सङ्कलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१–८२ को ६ महिनाको अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको छ ।

गत साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।

यो अघिल्लो आर्थिक वर्ष २०८०–८१ को सो अवधिको तुलनामा २८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०–८१ को सो अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८–८२ मा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ४१ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज