वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन « Khabarhub

वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ । 

भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलनमा सुधारोन्मुख रहेको बताए। 

‘सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छ,’ उनले भने, ‘साउनयताकै पुस महिनामा उच्च राजस्व संकलन भएको छ ।’

वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा १२ अर्ब १५ करोड राजस्व संकलन गर्‍यो । त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड, असोज महिनामा १३ अर्ब ४७ करोड राजस्व संकलन गरेको थियो । त्यसैगरी, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको हो । 

कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । 

त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा  २३ अर्ब ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : १३ बजे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति