अर्थमन्त्री भन्छन्- कृषि उत्यादन र रोजगारी बढाउन बैंकहरूले लगानी गरून् « Khabarhub

अर्थमन्त्री भन्छन्- कृषि उत्यादन र रोजगारी बढाउन बैंकहरूले लगानी गरून्


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूको कर्जा प्रवाहमा समस्या रहेको बताएका छन् ।

कृषि विकास बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवलाई सोमबार सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले बैंकहरूको निक्षेपको अनुपात बढे पनि कर्जा प्रवाह हुन नसकेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैकंहरूले लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको बताए ।

बैंकको क्षमता, सामर्थ्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी, कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीलाई उनले आग्रह गरे ।

बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनको तर्क थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरूमा अराजक प्रवृत्ति मौलाएको बताए ।

ऋण लिइसकेपछि तिर्दिनँ भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उनले बताएका छन् ।

यद्यपि यसका बावजुद पनि समग्र मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको उनले उल्लेख गरेका छन् ।

मुलुकको राजस्व, तरलतामा वृद्धि वित्तीय व्यवस्थापनमा सुधार भइरहेको गर्भनर अधिकारीले बताएका छन् ।

उक्त अवसरमा कार्यसम्पादनमा उत्कृष्ट कृषि बैंकका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : १९ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को