नेप्सेमा सामान्य सुधार, कारोबार कति ? « Khabarhub

नेप्सेमा सामान्य सुधार, कारोबार कति ?


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेको छ । 

नेप्से ०.२६ प्रतिशतले बढ्दा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ७७ हजार ९८३ कित्ता शेयर कारोबार भएको छ । 

११८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ । 

 यस्तै ३११ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ४०३ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये आज ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । 

सबैभन्दा बढी अन्य समूह २.१३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जिवन बिमा समूह ०.०४ प्रतिशतले बढेको छ । 

आज बसैभन्दा बढी फाइनान्स समूह २.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार