तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता « Khabarhub

तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकासँगको मधेस प्रदेशस्तरीय अन्तरक्रियामा केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘वर्तमान आयोगले आफ्नो कार्यकालको तीन वर्षभित्रै सबै भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिसक्ने छ’, उनले भने, ‘यस कार्यका लागि तीनै तहका सरकार, सरोकारवाला र सम्बद्ध पक्षबीच समाधानमुखी सहकार्य भने अपरिहार्य छ ।’ यसका लागि आयोगले अहिले भूमिसम्बन्धी वर्तमान समस्याको पहिचान, कामहरूको प्राथमिकीकरण र भूमिसम्बन्धी अध्यादेशको संशोधनका विषयमा केन्द्रित भई काम गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा आयोगका पदाधिकारीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका व्यवस्थापनका सवालको विश्लेषण गरिँदै यसलाई तीन वर्षभित्र सक्ने तालिकामा काम थालिएको बताए । आयोगका विज्ञ सदस्य जगत् बस्नेतले भने, ‘हामी समस्या केन्द्रित भएर सूक्ष्म ढङ्गले तिनलाई केलाउँदै अघि बढ्दै छौँ,  खुला छलफल र अन्तरक्रियाबाट समस्या पहिल्याउने क्रम जारी छ, कामलाई तालिकामा ढालेका छौँ ।’ 

यसैगरी आयोगका केन्द्रीय सदस्य कृष्ण प्रसाईँले आयोगका जिल्ला पदाधिकारीहरूसँग भीडभाड र भनसुन केन्द्रित नभई कानुनअनुसार काम केन्द्रित भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा आयोगका महोत्तरी अध्यक्ष पीताम्बर महतोले आयोगले निर्दिष्ट गरेको नीति अवलम्बन गरिँदै जिल्लाभित्रका भूमि समस्या समाधान गरिने अठोट व्यक्त गरे ।

मधेस प्रदेशका आठवटै जिल्लाका आयोगका पदाधिकारी, नापी तथा मालपोत कार्यालयका प्रमुख, भूमिविज्ञ र भूमिअधिकार आन्दोलनका अगुवाको सहभागिता रहेको कार्यक्रम आयोगका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक आरती भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

आयोगले धमाधम काम अघि बढेको बताएपछि महोत्तरीका वर्षौँदेखि जग्गाधनी प्रमाणपत्र नपाएका सुकुमबासी र अव्यवस्थित बसोबासीमा नयाँ आशा पलाएको महोत्तरीका भूमिअधिकार आन्दोलनका अगुवा राजकुमार बस्नेतले बताए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : ५५ बजे

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो– सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त

यस्तो देखियो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसिरहेको छ

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी