तत्कालीन संविधानसभा सदस्य विदुर सापकोटाको निधन « Khabarhub

तत्कालीन संविधानसभा सदस्य विदुर सापकोटाको निधन


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काभ्रे– तत्कालीन संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

मण्डनदेउपुर नगरपालिका– ७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार  फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी अस्पताल भर्ना भएका थिए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ९ : ४१ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको