सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना « Khabarhub

सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

सन् २०२४ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिए ।

उनका अनुसार सन् २०२४ मा प्रदेशमा मानवअधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन् ।

राज्यपक्षबाट कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको त्यस अवसरमा जानकारी दिइयो ।

यस्तै, गैह्र राज्यपक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बालअधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका  दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका प्रदेश संयोजक जोशीले जानकारी दिए ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको उनको भनाइ छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडित हुनेको सङ्ख्यामा १०२ जनाले कमी आएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १० : ०५ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज