झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै « Khabarhub

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ।

परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए ।

यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका–४ स्थित अमराघुट्टु कृषक समूह अन्तरगत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ ।

उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए। उनले प्रत्येक कृषक समूहलाई छ विगाहको दरले सो धान खेती गराउने जानकारी दिए।

उनले कृषक समूहलाई निःशुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको बताए। प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको विउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत निःशुल्क उपलब्ध गराउने बताए।

उनले तोएिका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए। १५० वटा ट्रेमा उमारिएको विउले एक विगाह जमिनलाई पुग्ने र यो धान विउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाई छ । केन्द्रका अनुसार धानको विउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : २७ बजे

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ