झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै « Khabarhub

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ।

परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए ।

यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका–४ स्थित अमराघुट्टु कृषक समूह अन्तरगत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ ।

उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए। उनले प्रत्येक कृषक समूहलाई छ विगाहको दरले सो धान खेती गराउने जानकारी दिए।

उनले कृषक समूहलाई निःशुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको बताए। प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको विउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत निःशुल्क उपलब्ध गराउने बताए।

उनले तोएिका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए। १५० वटा ट्रेमा उमारिएको विउले एक विगाह जमिनलाई पुग्ने र यो धान विउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाई छ । केन्द्रका अनुसार धानको विउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : २७ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा