कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत « Khabarhub

कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा वरिष्ठ नेता शेखर कोइराला बिहीबार आउँदा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । 

नेपाली कांग्रेस संस्थापन पक्षका शेरबहादुर देउवा निकट मानिने र भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका खड्काको गृह जिल्लामा कोइराला आउँदा कार्यकर्ताले बाजागाजासहित कोइरालाको भव्य स्वागत गरेका हुन् । 

कोइरालालाई स्वागतका संस्थापन इतरका नेता तथा प्रतिनिधिसभा सदस्य हृदयराम थानीले नेतृत्व गरेका थिए । कोइरालालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा नै बाजागाजासहित नेता कार्यकर्ताको लर्को लागेको थियो । 

संस्थापन इतरका रूपमा चिनिने थानी निकै उत्साहित भएका थिए । संस्थापन पक्ष निकट रहेका कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए । 

त्यस्तै, सयौँ नेता कार्यकर्ताहरू कोइराला स्वागत गर्न पुगेको देखेर उनी निकै उत्साहित देखिन्थे । 

कोइराला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज र भोलि बस्ने कार्यक्रम रहेको छ । उनले आज बिहान पार्टी कार्यालय सुर्खेतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

भोली फागुन ९ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कोइराला उपसभापति खड्काको गृह जिल्लामा नेता कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू नै रहेको बताए । उनले २०८४ को आम निर्वाचनपछि महाधिवेशन भए पार्टी कमजोर हुने बताए । 

‘कांग्रेस एक ढिक्का छ । हामी एउटै ठाउँमा छौँ । मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ,’ उनले भने । 

गत शुक्रबार सभापति शेरबहादुर देउवा निकटका ११ नेताले गत शुक्रवार १५औँ महाधिवेशनको रणनीतिबारे छलफल गरेका थिए ।

कोइरालाले गत महाधिवेशनमै देउवालाई समर्थन गरेका नेताको जमघट भएकाले त्यसलाई आफू सभापतिको उम्मेदवार हुन फरक नपार्ने बताए । 

‘११ भाइको सक्रियताको कुरा उठ्यो, १४ औँ महाधिवेशनमा पनि उहाँहरूले देउवालाई सर्पोट गरेकै हो,’ उनले भने, ‘१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा मेले गरिसकेको छु ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  २ : १४ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट