सन् २०२४ मा इरानमा ९७५ जनालाई मृत्युदण्ड « Khabarhub

सन् २०२४ मा इरानमा ९७५ जनालाई मृत्युदण्ड


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बताएका छन्।

नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी सङ्ख्या हो ।

इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, ‘यो आँकडाले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ।’

आईएचआरका निर्देशक महमुद अमिरी मोगद्दामले भने, ‘यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड कायम राख्न आफ्नै जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो।’

‘इरान र इजरायलबीच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँच जनालाई मृत्युदण्ड दिइएको छ,’ उनले भने । 

इरानमा सन् २०२३ मा ८३४ जनालाई मृत्युदण्ड दिइएको थियो । गत वर्षको तुलनामा यो वर्ष मृत्युदण्डको सजाय पाएकाको सङ्ख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्युदण्ड दिइएका ९७५ जनामध्ये चार जनालाई सार्वजनिक स्थानमा फाँसी दिइएको थियो भने ३१ जना महिला थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ३ : १९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको