कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उठ्यो : प्रधानन्यायाधीश राउत « Khabarhub

कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उठ्यो : प्रधानन्यायाधीश राउत


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उत्पन्न भएको बताएका छन् ।  

सर्वोच्च अदालत बार एशोसियनको ५१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सयौँ संख्यामा रहेका कानून व्यवसायीहरूमा अधिकांशलाई व्यवसायीक बनाउनेमा प्रश्न उत्पन्न भएको बताएका छन् । 

यो प्रश्नलाई सबैले मिलेर सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । उनले अदालतमा बेथिति वा भ्रष्टाचार देखिए सबै मिलेर नियन्त्रण गर्नुपर्ने धारणा राखे  । 

प्रधानन्यायाधीश राउतले संसद्ले बनाउने कानून अन्यायपूर्ण वा दोषपूर्ण भए अदालतले त्यसमा केही गर्न नसक्ने भएकाले कानुन बनाउनु अघि नै सरोकारवाला विषयमा कानुन व्यवसायीहरूले स्वच्छ कानून निर्माणका लागि लविङ गर्न सक्नुपर्ने बताए । अहिले धेरै कानूनहरु दोषपूर्ण रहे पनि अदालत हात बाँधेर बस्नुपरेको उनको भनाइ छ ।  

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको रिफर्म गर्ने कुरामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे ।

उनले अदालतको फैसला र आदेशका त्रुटिपूर्ण भए सच्चाउन सकिने उल्लेख गर्दै फेसबुकमा जथाभाबी बोल्नुभन्दा उचित सुझाव दिन कानून व्यवसायीलाई आग्रह गरे । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ३० बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी