कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उठ्यो : प्रधानन्यायाधीश राउत « Khabarhub

कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उठ्यो : प्रधानन्यायाधीश राउत


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उत्पन्न भएको बताएका छन् ।  

सर्वोच्च अदालत बार एशोसियनको ५१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सयौँ संख्यामा रहेका कानून व्यवसायीहरूमा अधिकांशलाई व्यवसायीक बनाउनेमा प्रश्न उत्पन्न भएको बताएका छन् । 

यो प्रश्नलाई सबैले मिलेर सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । उनले अदालतमा बेथिति वा भ्रष्टाचार देखिए सबै मिलेर नियन्त्रण गर्नुपर्ने धारणा राखे  । 

प्रधानन्यायाधीश राउतले संसद्ले बनाउने कानून अन्यायपूर्ण वा दोषपूर्ण भए अदालतले त्यसमा केही गर्न नसक्ने भएकाले कानुन बनाउनु अघि नै सरोकारवाला विषयमा कानुन व्यवसायीहरूले स्वच्छ कानून निर्माणका लागि लविङ गर्न सक्नुपर्ने बताए । अहिले धेरै कानूनहरु दोषपूर्ण रहे पनि अदालत हात बाँधेर बस्नुपरेको उनको भनाइ छ ।  

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको रिफर्म गर्ने कुरामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे ।

उनले अदालतको फैसला र आदेशका त्रुटिपूर्ण भए सच्चाउन सकिने उल्लेख गर्दै फेसबुकमा जथाभाबी बोल्नुभन्दा उचित सुझाव दिन कानून व्यवसायीलाई आग्रह गरे । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ५ : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको