सङ्खुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण « Khabarhub

सङ्खुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

किमाथांका – जिल्ला कारागार खाँदबारीका दुई कैदीबन्दीमा क्षयरोग (टिबी)को सङ्क्रमण भेटिएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

कारागारका कैदीबन्दीमा क्षयरोग(टिबी) को सङ्क्रमण भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले पुष्टि गरे । राउतका अनुसार क्षयरोग (टिबी) को सङ्क्रमण फैलन नदिन सुरक्षा सतर्कता अपनाइएको छ । 

कारागारमा रहेका अन्य कैदीबन्दीमा सङ्क्रमण फैलन नदिन जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा आज ८१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको अहेव राउतले बताए। दुई जनाको सम्पर्कमा रहेका अन्य कैदीबन्दीमा समेत क्षयरोग ९टिबी० को सङ्क्रमणको लक्षण देखा पर्न थालेपछि एउटा ब्लकभित्रका ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ ।

आज स्वास्थ्य परीक्षण गरिएका कैदीबन्दीको रिपोर्ट आउन केही दिन लाग्ने अहेव राउतले बताए। क्षयरोग सङ्क्रमण देखिएका बिरामीले नियमित औषधी सेवन गरिरहेका छन् । जिल्ला कारागार खाँदबारीमा ५५ जना क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । 

जिल्ला कारागारमा १३१ पुरुष, नौ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेको जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले जानकारी दिए। 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : २६ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा