नित्यनाथ सत्तल पुनः निर्माणका लागि शिलान्यास « Khabarhub

नित्यनाथ सत्तल पुनः निर्माणका लागि शिलान्यास


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा १९ औँ शताब्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनः निर्माणका लागि शिलान्यास भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तलको पुनःनिर्माणको शिलान्यास गरेका छन् । 

सत्तल पुनः निर्माणका लागि करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा बनाउने सम्झौता भएको वडाध्यक्ष आशामान संगतले बताए । 

तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय, दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोग र तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर रहने अध्यक्ष संगतले बताए । 

शिलान्यासपछि थापाले, महानगरपालिकाको नेतृत्वमा प्रशंसा योग्य काम भएको बताए । ‘सम्पदा संरक्षण गर्ने काममा, जन सरोकारका काममा यस अघि संघ र प्रदेश सरकारको लगानी माग्नु पर्थ्यो’, थापाले भने, ‘अहिले महानगरपालिकाले लगानीको अभाव महसुस हुन दिएको छैन ।’ 

९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष संगतले बताए । 

‘सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो’, संगतले भने, ‘भवन बन्नु संरचना मात्र थपिनु होइन, यसले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चालचलनलाई पनि जोड्छ ।’

यो सत्तल १९ औँ शताब्दीमा निर्माण भएको अभिलेखमा देखिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले बताईन्  । ‘निर्माण कसले गराए, किन गराए, जीर्ण भएका बेला कसकसले पुनःनिर्माण गराए भन्ने विवरण अभिलेखमा देखिएन’, राईले भनिन्, ‘९० सालको भूकम्पले भत्किएर एकातिर जीर्ण गारो भएको संरचना मात्र अभिलेखन छ ।’ 

विभागका इञ्जिनियर रुपा डंगोलका अनुसार सत्तलको हरेक तला ८१३.०६ वर्गफिट रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ३१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट