५० लाख भन्दा बढीको लागतमा ‘स्वयम्भू महोत्सव’ « Khabarhub

५० लाख भन्दा बढीको लागतमा ‘स्वयम्भू महोत्सव’


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ५० लाख भन्दा बढीको लागतमा काठमाडौं महानगरपालिका वडा नम्बार- १५ ले स्वयम्भू महोत्सव गर्ने भएको छ । 

काठमाडौं–१५ का वडाध्यक्ष इश्वमान डङ्गोलले बिहीबार पत्रकार सम्मेलन गरेर ५० लाख रुपैयाँ भन्दा बढीको लागतमा फागुन १० गतेदेखि १७ गतेसम्म स्वयम्भू महोत्सव हुने भएको जानकारी दिए । 

अध्यक्ष डंगोलको अनुसार सुरुमा २० लाख रुपैयाँको मात्र लागत अनुमान गरिएको भए पनि पछि खर्च बढ्दै जाँदा ५० लाख रुपैयाँ भन्दा बढी पुग्ने अनुमान गरिएको बताए । 

‘हामीले यो महोत्सवको लागि २० लाख रुपैयाँ विनियोजन गरेका छौँ’, वडाध्यक्ष डङ्गोलले भने, ‘तर, खर्च गर्दै जाँदा ५० लाख रुपैयाँ भन्दा बढी पुग्ने देखिएको छ ।’

महोत्सवमा एक करोड भन्दा बढीको कारोबार हुने अध्यक्ष डङ्गोलले दाबी गरे । महोत्सवमा ६० वटा स्टल रहने वडाले जनाएको छ जसमा एक स्टलको लागि एक हजार रुपैयाँ देखि १५ सय रुपैयाँसम्म वडाले लिएको छ । 

स्वयम्भूको भुइँखेल चौरमा हुने महोत्सवको उद्घाटन काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गर्ने अध्यक्ष डङ्गोलले बताए । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनर्स्थापना प्रदर्शनी हुने अध्यक्षले बताए ।

‘महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ’, अध्यक्ष डङ्गोलले भने, ‘परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वृद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् ।’

महोत्सवमा वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रूपमा हुने र मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुने अध्यक्ष बताउँछन् । 

‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू समावेश गरिएको वडाले जनाएको छ ।

‘महोत्सवलाई मेरो हो भन्ने महसुस गराउन तयारीमा विशेष ध्यान दिइएको छ’, अध्यक्षले भने, ‘सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको छ ।’

पर्कङको लागी महोत्सव हुने स्थानको ४ रोडमा एकतर्फी गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ०६ बजे

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक

एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो

एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो

लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको