‘सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कानून निर्माणलाई प्राथमिकतामा राखेको छ’ « Khabarhub

‘सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कानून निर्माणलाई प्राथमिकतामा राखेको छ’


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जासम्बन्धी आवश्यक कानून निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्यक्रममा मन्त्री खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै कानूनी व्यवस्थालाई प्राथमिकतामा राखेको बताएका हुन् ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएकाले उक्त विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित हुने बताए ।

उनले सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना समेत स्वीकृत गरिसकेको अवस्थामा स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिएको जिकिर गरे ।

उनले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्दै विद्युत् खपत प्रतिव्यक्ति वार्षिक एक हजार ५०० युनिट पुर्‍याउने लक्ष्य सहितको मार्गचित्र तयार गरिएको जानकारी दिए ।
  
राष्ट्रिय ग्रिड नपुगेका स्थानमा सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ४१ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट