तालिमलाई व्यवसायसँग जोड्न आवश्यक : मन्त्री भण्डारी « Khabarhub

तालिमलाई व्यवसायसँग जोड्न आवश्यक : मन्त्री भण्डारी


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोदावरी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तालिमलाई रोजगारसँग जोड्न आवश्यक भएको बताएका छन् । 

धनगढी उपमहानगरपालिकाले आजदेखि सुरु गरेको सीप तथा रोजगार मेलाको उद्घाटन कार्यक्रममा उनले तालिमलाई व्यवसायसँग जोड्सके मात्र बढ्दो बेरोजगारी अन्त्य हुने दिशातर्फउन्मुख हुने बताए।  

उनले विगतदेखि नै विभिन्न मन्त्रालयले लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग गरिरहेको बताए। 

उनले भने, ‘तालिम त दिइरहेका छौँ तर त्यसबाट कति जना रोजगारीसँग जोडिए त्यो हेर्नुपर्ने हुन्छ ।’

उनले एक महिने तालिमको समयावधि पर्याप्त हो होइन छलफल गर्न आवश्यक रहेको बताउँदै तालिम परिणाममुखी हुनुपर्ने धारणा व्यक्त गरे। मन्त्री भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहले छरिएर नभएर एकीकृत ढाँचामा तालिम सञ्चालन गर्न सरकार लागिपरेको बताए। 

उनले धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेर राम्रो कामको सुरुआत गरेको बताउँदै यसको अपनत्व सिङ्गो सुदूरपश्चिमका साथै देशले ग्रहण गर्नुपर्ने बताए। 

नेपाली श्रमबजारमा बाहिरबाट आयात भएको जनशक्तिले श्रमबजारको मुनाफा लगिरहेको बेला सीप तथा रोजगार मेलाको सान्दर्भिकता, आवश्यकता रहेको उनको भनाइ थियो । उनले बजारको मागअनुसार युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे। 

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ३९ वटा स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न आठ विधाका २९ विषयमा प्राविधिक तालिम प्रदान गरिनेछ । धनगढीको खुला मञ्चमा आजदेखि सुरु भएको सो मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ५५ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल