तालिमलाई व्यवसायसँग जोड्न आवश्यक : मन्त्री भण्डारी | Khabarhub Khabarhub

तालिमलाई व्यवसायसँग जोड्न आवश्यक : मन्त्री भण्डारी


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोदावरी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तालिमलाई रोजगारसँग जोड्न आवश्यक भएको बताएका छन् । 

धनगढी उपमहानगरपालिकाले आजदेखि सुरु गरेको सीप तथा रोजगार मेलाको उद्घाटन कार्यक्रममा उनले तालिमलाई व्यवसायसँग जोड्सके मात्र बढ्दो बेरोजगारी अन्त्य हुने दिशातर्फउन्मुख हुने बताए।  

उनले विगतदेखि नै विभिन्न मन्त्रालयले लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग गरिरहेको बताए। 

उनले भने, ‘तालिम त दिइरहेका छौँ तर त्यसबाट कति जना रोजगारीसँग जोडिए त्यो हेर्नुपर्ने हुन्छ ।’

उनले एक महिने तालिमको समयावधि पर्याप्त हो होइन छलफल गर्न आवश्यक रहेको बताउँदै तालिम परिणाममुखी हुनुपर्ने धारणा व्यक्त गरे। मन्त्री भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहले छरिएर नभएर एकीकृत ढाँचामा तालिम सञ्चालन गर्न सरकार लागिपरेको बताए। 

उनले धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेर राम्रो कामको सुरुआत गरेको बताउँदै यसको अपनत्व सिङ्गो सुदूरपश्चिमका साथै देशले ग्रहण गर्नुपर्ने बताए। 

नेपाली श्रमबजारमा बाहिरबाट आयात भएको जनशक्तिले श्रमबजारको मुनाफा लगिरहेको बेला सीप तथा रोजगार मेलाको सान्दर्भिकता, आवश्यकता रहेको उनको भनाइ थियो । उनले बजारको मागअनुसार युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे। 

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ३९ वटा स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न आठ विधाका २९ विषयमा प्राविधिक तालिम प्रदान गरिनेछ । धनगढीको खुला मञ्चमा आजदेखि सुरु भएको सो मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ५५ बजे

सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी

काठमाडौं– आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार

लगनखेलमा हरियाली उद्यान बनाउन टहरा हटाइँदै

पाटन– ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं– जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती

ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

जलविद्युत् क्षेत्र नेपालको समृद्धिको मेरुदण्ड : प्रवक्ता महत

युएई– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध