प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार | Khabarhub Khabarhub

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको छ ।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपिट र दुव्र्यवहाबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।

उहाँका अनुसार पत्रमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुव्र्यवहारमा परेका विद्यार्थीलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्यभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ उत्तरदायी बनाउन माग गरिएको छ ।

आयोगले यही फागुन ७ गते राष्ट्रिय मानवअधिकार आयोग भारतलाई पत्राचार गरेको जनाएको छ । साथै प्राप्त उजुरीको आधारमा आयोगले भारतस्थित नेपाली दूतावास र अन्य माध्ययमबाट घटना र विद्यार्थीको अवस्थाका बारेमा जानकारी लिइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १० : १७ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले