बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू) « Khabarhub

बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय गाडी आयात ह्वात्तै बढेको छ ।

सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा विद्युतीय गाडीले भरिएका छन् । त्यहाँ सयौँको संख्याका विभिन्न कम्पनीका विद्युतीय गाडी भन्सार जाँचपासका लागि पालो कुरिरहेका छन् ।

उत्तरतर्फ रसुवागढी, तातोपानी र दक्षिणतर्फ वीरगञ्ज नाका हुँदै धेरै गाडी भित्रिएका छन् । अन्य नाकाबाट पनि भित्रिएका यी गाडी यतिबेला भन्सार पासको प्रक्रियामा रहेका छन् । गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

सरकारले बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढाउन सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् ।

वैशाखमा मात्रै करिब १९ सय विद्युतीय गाडी आयात भएका छन् । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

सरकारले नयाँ बजेट प्रस्तुत गर्दा गाडीहरूमा लाग्ने भन्सार, अन्तःशुल्क र अन्य करहरूमा परिवर्तन गर्ने सम्भावना हुन्छ। यदि आगामी बजेटमा गाडीमा कर बढ्ने सम्भावना देखिए ब्यापारीहरूले त्यसअघि नै ठूलो परिमाणमा गाडी आयात गर्छन् । पुरानो (कम) कर दरमा गाडी भित्र्याएर बेच्ने उद्देश्य उनीहरूले बोकेका हुन्छन् ।

अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो ।

नयाँ गाडी किन्ने मात्रै नभई अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ । बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरूले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभी गाडीतर्फ नेपालमा चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १२ : ३४ बजे

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका