पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने « Khabarhub

पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने भएको छ । स्थानीय सडक पुल सहयोग इकाई (एलआरबीएसयू) को पहलमा नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुन लागेको हो । 

असार १० र ११ गते ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा मेला आयोजना गर्न लागेको एलआरबीएसयूका प्रमुख शकील मानन्धरले जानकारी दिए । उनका अनुसार दुई दिने प्रदर्शनीमा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, स्थानीय पूर्वाधार विकास विभाग, स्केफ नेपाल, शैक्षिक संस्थानहरू, निर्माण व्यवसायी संघका प्रतिनिधि, निजी क्षेत्रका स्टलहरू र पुल निर्माण तथा डिजाइनसम्बन्धी इन्जिनियर तथा विज्ञहरूको उपस्थिति रहने छ ।

प्रदर्शनीमा पुल निर्माणमा प्रयोग भइरहेका नयाँ तथा आधुनिक प्रविधिका मोडेलहरू, पुलसँग सम्बन्धित डकुमेन्ट्रीहरू, डिजाइनसम्बन्धी ज्ञान तथा देशभर निर्माण भएका पुलहरूको फोटो प्रदर्शनी गरिने एलआरबीएसयूले जनाएको छ । 

प्रदर्शनी असार १० गते दिउँसो १ः३० बजेदेखि ४ बजेसम्म र असार ११ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला रहने स्थानीय सडक पुल सहयोग इकाई प्रमुख मानन्धरले जानकारी दिएका छन् । 

उनले प्रदर्शनीले नेपालमा पुल निर्माणको दीर्घकालीन विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको पनि बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ४१ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको