बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि… | Khabarhub Khabarhub

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन समर्थकले हुलहुज्जत गरेका छन् । प्यालेस्टाइन समर्थक दुई व्यक्तिले अक्सफोर्ड शहरनजिकै रहेको रोयल एअरफोर्स बेस ब्रिज नोर्टनमा अनधिकृत प्रवेश गरी दुई वटा लडाकु विमानमा रातो रंग छ्यापेको बीबीसीले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले यस घटनाका कडा निन्दा गरेको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरीसँग सहकार्य गरिरहेको पनि रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्यालेस्टाइन एक्सन नामक समूहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो फुटेजमा अध्यारोमा दुई जना एअरबेसमा प्रवेश गरेको देखिन्छ । उनीहरु स्कुटर चढेर त्यहाँ पुगेको देखिएको छ ।

त्यसपछि उनीहरुले त्यहाँ रहेका एअरबस भोयेजर आकाशबाट आकाशमा इन्धन भर्न मिल्ने ट्याङ्कर विमानको जेट इन्जिनमा स्प्रे पेन्ट गरेको देखिन्छ । उक्त समूहले सुरक्षा घेरा पार गरी आपूर्ति विमानलाई पुनः सञ्चालन नहुनेगरी निस्तेज पारेको दाबी गरेका छन् ।

उक्त समूहका प्रवक्ताले सार्वजनिक रुपमा चर्को निन्दा भएपनि बेलायतले इजरायल सरकारलाई गर्दै आएको सैन्य सहयोगप्रति असन्तुष्टि जनाएका छन् । यो एअरबेस शाही वायुसेनाका लागि रणनीतिक आपूर्ति तथा इन्धन भर्ने केन्द्रका रुपमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : २५ बजे

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या