कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू) « Khabarhub

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् ।

दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नु पर्ने ओभरपास ३९ महिनामा तयार भएको हो । पटक पटक म्याद थप र डिजाइन नै परिवर्तन गरी बल्ल उत्घाटन गरिएको हो ।

शुक्रबार अपरान्ह ४ बजे आयोजना गरिएको उद्घाटन कार्यक्रमले ओभरपासमै चर्को जाम भएको छ । सडकमा सवारी चाप बढ्ने समयमा उद्घाटन गरिँदा सधैँझैँ ग्वार्को चोकमा जाम परेको हो ।

ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दायाँ बायाँ सडकमा सवारी जाम देखिएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : २१ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।