नीलबाराही मन्दिर संरक्षणमा स्थानीय « Khabarhub

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल गरिएको छ ।

धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको काठमाडौँ उपत्यकामा चार बाराहीमध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा चिनिँदै आएको नीलबाराही मन्दिरलाई पहिरोबाट जोगाउन पहल गरिएको हो ।

नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका अध्यक्ष दीपकृष्ण राजवाहकले विगत १२ वर्षदखि पहिरोको उच्च जोखिममा परेको मन्दिरको दक्षिण–पश्चिम र पूर्व क्षेत्रमा पहिरो बढ्दै जाँदा बाटो साँघुरिएको बताए ।

उनले जात्रा लैजाने मूल सडक १० वर्षदेखि पहिरोले बन्द भएर मन्दिर नै उच्च जोखिममा परेपछि नीलबाराही संरक्षणका लागि जनश्रमदान र सहयोग जुटेको बताए ।

अध्यक्ष वाहकले भने, ‘निलबाहारी क्षेत्र संरक्षण गर्न अभियान थालेका हौँ । विगत १२ वर्षदेखि भूक्षयले मन्दिर नै खस्ने जोखिममा पुग्यो । स्थानीय सरकार र केन्द्र सरकारलगायत निकायलाई पटकपटक गुहार्दा पनि चासो नदिएपछि हामी जनस्तरबाटै गरौँ भनेर सुरु गरेका छौँ ।’

मन्दिरको एउटामात्र नभई मन्दिर परिसरमा १३ वटा पहिरो गएकाले यसको रोकथाम सुरु गरेकोमा अहिलेसम्म पाँचवटाभन्दा बढी पहिरो रोकथाम गरी ३० प्रतिशत कार्य सम्पन्न गरेको उनले बताए ।

जनश्रमदान गर्न थिमि, भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर, साँखु, काभ्रे चारैतिरबाट आएका हजारौँको व्यवस्थापनमा समस्या आएपछि दैनिक काम भए पनि जनश्रमदानकै लागि भनेर हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार श्रमदान चलाएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : १८ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान