नीलबाराही मन्दिर संरक्षणमा स्थानीय | Khabarhub Khabarhub

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल गरिएको छ ।

धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको काठमाडौँ उपत्यकामा चार बाराहीमध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा चिनिँदै आएको नीलबाराही मन्दिरलाई पहिरोबाट जोगाउन पहल गरिएको हो ।

नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका अध्यक्ष दीपकृष्ण राजवाहकले विगत १२ वर्षदखि पहिरोको उच्च जोखिममा परेको मन्दिरको दक्षिण–पश्चिम र पूर्व क्षेत्रमा पहिरो बढ्दै जाँदा बाटो साँघुरिएको बताए ।

उनले जात्रा लैजाने मूल सडक १० वर्षदेखि पहिरोले बन्द भएर मन्दिर नै उच्च जोखिममा परेपछि नीलबाराही संरक्षणका लागि जनश्रमदान र सहयोग जुटेको बताए ।

अध्यक्ष वाहकले भने, ‘निलबाहारी क्षेत्र संरक्षण गर्न अभियान थालेका हौँ । विगत १२ वर्षदेखि भूक्षयले मन्दिर नै खस्ने जोखिममा पुग्यो । स्थानीय सरकार र केन्द्र सरकारलगायत निकायलाई पटकपटक गुहार्दा पनि चासो नदिएपछि हामी जनस्तरबाटै गरौँ भनेर सुरु गरेका छौँ ।’

मन्दिरको एउटामात्र नभई मन्दिर परिसरमा १३ वटा पहिरो गएकाले यसको रोकथाम सुरु गरेकोमा अहिलेसम्म पाँचवटाभन्दा बढी पहिरो रोकथाम गरी ३० प्रतिशत कार्य सम्पन्न गरेको उनले बताए ।

जनश्रमदान गर्न थिमि, भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर, साँखु, काभ्रे चारैतिरबाट आएका हजारौँको व्यवस्थापनमा समस्या आएपछि दैनिक काम भए पनि जनश्रमदानकै लागि भनेर हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार श्रमदान चलाएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : १८ बजे

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई

खाँदबारीमा सुक्खा पहिरो खस्दा धर्मगुरु दोर्ची लामाको घर भत्कियो

खाँदबारी– संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय