नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक « Khabarhub

नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०२५ मा स्वर्ण पदक जितेकी छिन् ।

यही साउन ३ देखि कोरियामा जारी देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्से काता अन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई तेस्रो सेटमा पाखा लगाउँदै उपाधि चुमेकी हुन् ।

कोरियामा तेक्वान्दो संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र भावी दिनहरूमा थप उत्कृष्ट नतिजा निकाल्न मेहेनत गर्ने बताइन् ।

काभ्रे बेथानचोककी लामाको जितमा बेथानचोक गाउँपालिकाले बधाई व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जितप्रति बधाई व्यक्त गरेका हुन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ स्थित टाङ्गी टोल निवासी झ्यामयाङ्ग लामा तथा माता मानकुमारी लामाकी सुपुत्री रमिलाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन् ।

उनले च्याल्टीको आत्मा विकास माध्यामिक विद्यालयबाट  २०७४ सालको एसईई परीक्षापश्चात् नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ३३ बजे

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले