नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक « Khabarhub

नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०२५ मा स्वर्ण पदक जितेकी छिन् ।

यही साउन ३ देखि कोरियामा जारी देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्से काता अन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई तेस्रो सेटमा पाखा लगाउँदै उपाधि चुमेकी हुन् ।

कोरियामा तेक्वान्दो संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र भावी दिनहरूमा थप उत्कृष्ट नतिजा निकाल्न मेहेनत गर्ने बताइन् ।

काभ्रे बेथानचोककी लामाको जितमा बेथानचोक गाउँपालिकाले बधाई व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जितप्रति बधाई व्यक्त गरेका हुन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ स्थित टाङ्गी टोल निवासी झ्यामयाङ्ग लामा तथा माता मानकुमारी लामाकी सुपुत्री रमिलाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन् ।

उनले च्याल्टीको आत्मा विकास माध्यामिक विद्यालयबाट  २०७४ सालको एसईई परीक्षापश्चात् नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ३३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको