मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला « Khabarhub

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन् । कटहरिया नगरपालिका– ५ निवासी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी झुण्डिएको पासो काटेर परिवारले अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार शव पोस्टमार्टका लागि गौर अस्पताल लगिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत रहेर समाचार पढ्ने गर्थे । उनले स्थानीय पत्रिकामा समाचार पनि लेख्दै आएका थिए ।

उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति केही समयदेखि तनावमा रहेको र डरले घरबाट बाहिरसमेत निस्किन छाडेका थिए ।

उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण हुनसक्ने स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेठ २९ गते विज्ञप्तिसमेत जारी गरेको थियो ।

प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा जानकारी नआएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १० : ३८ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान