स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग | Khabarhub Khabarhub

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद गरिएको जनाउँदै उनीहरूले आपत्ति जनाएका  हुन् ।

प्रदेश सरकारले आफ्नो माग पूरा नगरेको जनाउँदै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णयमा पुगेको सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले जानकारी दिए ।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समितिले आफूहरूका न्यायोचित माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको तर सरकारका तर्फबाट माग सम्बोधनका विषयमा कुनै चासो नदिएपछि आइतबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आज (आइतबार)देखि आकस्मिकबाहेकका सेवा बन्द छन् । स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीलाई ऐनले विभेद गरेकाले आफूहरू आन्दोलन उत्रन बाध्य भएको संयोजक साउदले बताए ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम हुनेगरी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई तह वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको संयोजक साउदले बताए ।

सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरू आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरेअनुसार आफूहरूको दरबन्दी र सेवासुविधा मिलाउनुपर्ने बताएका छन् ।

सुरुमा स्थानीय तहमा समायोजन गर्दा पनि स्वास्थ्यकर्मीमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरूको आरोप छ । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०८ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता