बिरामी मोहन वैद्य भेट्न घरमै पुगे प्रचण्ड « Khabarhub

बिरामी मोहन वैद्य भेट्न घरमै पुगे प्रचण्ड


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अहिले घरमै आराम गरिरहेका छन् ।

दमको समस्या रहेका उनी पछिल्लो पटक जेठ १५ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर अहिले टोखा हाइटस्थित घरमा गएका छन् । ७९ वर्षीय उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो ।

दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि शिक्षण अस्पतालको आईसीयूमा राखेर उनलाई डा. निरज बमसहितले उपचार गरेका थिए। अस्पतालमा हुँदा पनि किताब लेखेका उनी केही वर्षयता निरन्तर बिरामी छन् ।

केही वर्षदेखि घर र अस्पताल आवतजावत बढाएका उनले पछिल्लो समय अस्पताल फर्किनु परेको छैन।

घरमै आराम गरिरहेका उनलाई आइतबार सशस्त्र संघर्षका क्रममा उनका सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमै पुगेर भेटेका छन् ।

उनले वैद्यको स्वास्थ्यअवस्थामा क्रमश: सुधार आएको देखेर आफूलाई खुसी लागेको बताएका छन् ।

‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ’, दाहालले भनेका छन्, ‘स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

यसअघि १२ असारमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तीले पनि वैद्यलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

पुन र घर्ती दम्पत्तिले वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ३३ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ