मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध | Khabarhub Khabarhub

मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पाँचथर– अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छन् ।

गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध बनेको छ । हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारी साधन वारपार गर्दै आएका थिए ।

 बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ ।

बाढीले द्रुतमार्गका रुपमा रहेको तमोर करिडोर सडकलाई अवरुद्ध बनाएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकाको सीमामा रहेको उक्त खोलामा बाढी आएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माणाधीन यस सडकका अधिकांश खोला पुल निर्माण हुन बाँकी छ ।

बाढीकै कारण पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड अवरुद्ध भएको छ । याङ्वरक गाउँपालिका–२ दोभानेमा रहेको डाइभर्सन मेवा खोलामा आएको बाढीले बगाउँदा सडक अवरुद्ध बनेको छ भने याङ्वरक–३ स्थित रिजाल भिरमा पहिरो झरेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

यस्तै, पहिराका कारण भेडेटार रवि राँके सडक पनि अवरुद्ध बनेको छ । फाल्गुनन्द गाउँपालिका–५ मगरभिर र मिक्लाजुङ गाउँपालिका–४ रवि बजारमा पहिरो झरेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

फिदिम-फालोट सडकअन्तर्गत फिदिम नगरपालिका– १ र ११ को सीमामा रहेको फेमे खोलामा रहेको डाइभर्सनमा पुग्ने पहुँचमार्ग बाढीले बगाएपछि उक्त सडक अवरुद्ध भएको छ । यहाँ निर्माण गरिएको डाइभर्सनमा भने क्षति नपुगेकाले बाढी घट्नासाथ सडक निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास थालिएको छ ।

यस्तै, पहिरोले मेची राजमार्गको पौवा भञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएको छ । फालेलुङ गाउँपालिका–३ र ७ को सीमास्थित घुमाउनेटारमा रहेको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याउँदा सिदिन-मेमेङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोले मिक्लाजुङ गाउँपालिका–२ रविस्थित इलाका प्रहरी कार्यालयको ‘डिउटी पोष्ट’ भत्काएको पाँचथर प्रहरीले जनाएको छ ।  रासस

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : २८ बजे

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको पूजार्चना

काठमाडौं– हरितालिकाका अवसरमा प्रथम महिला सविता पौडेलले भगवान् पशुपतिनाथको पूजार्चना