मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध « Khabarhub

मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पाँचथर– अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छन् ।

गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध बनेको छ । हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारी साधन वारपार गर्दै आएका थिए ।

 बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ ।

बाढीले द्रुतमार्गका रुपमा रहेको तमोर करिडोर सडकलाई अवरुद्ध बनाएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकाको सीमामा रहेको उक्त खोलामा बाढी आएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माणाधीन यस सडकका अधिकांश खोला पुल निर्माण हुन बाँकी छ ।

बाढीकै कारण पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड अवरुद्ध भएको छ । याङ्वरक गाउँपालिका–२ दोभानेमा रहेको डाइभर्सन मेवा खोलामा आएको बाढीले बगाउँदा सडक अवरुद्ध बनेको छ भने याङ्वरक–३ स्थित रिजाल भिरमा पहिरो झरेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

यस्तै, पहिराका कारण भेडेटार रवि राँके सडक पनि अवरुद्ध बनेको छ । फाल्गुनन्द गाउँपालिका–५ मगरभिर र मिक्लाजुङ गाउँपालिका–४ रवि बजारमा पहिरो झरेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

फिदिम-फालोट सडकअन्तर्गत फिदिम नगरपालिका– १ र ११ को सीमामा रहेको फेमे खोलामा रहेको डाइभर्सनमा पुग्ने पहुँचमार्ग बाढीले बगाएपछि उक्त सडक अवरुद्ध भएको छ । यहाँ निर्माण गरिएको डाइभर्सनमा भने क्षति नपुगेकाले बाढी घट्नासाथ सडक निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास थालिएको छ ।

यस्तै, पहिरोले मेची राजमार्गको पौवा भञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएको छ । फालेलुङ गाउँपालिका–३ र ७ को सीमास्थित घुमाउनेटारमा रहेको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याउँदा सिदिन-मेमेङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोले मिक्लाजुङ गाउँपालिका–२ रविस्थित इलाका प्रहरी कार्यालयको ‘डिउटी पोष्ट’ भत्काएको पाँचथर प्रहरीले जनाएको छ ।  रासस

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : २८ बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा