सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने « Khabarhub

सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताएका छन्  ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा विभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँगको साक्षात्कारमा सभामुख घिमिरेले निर्माणाधीन नयाँ संसद् भवनको चाडै निर्माण सम्पन्न गर्न लक्ष्य राखे पनि विभिन्न कारणले अझै निर्माणकै क्रममा रहेकाले नयाँ भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताएका हुन्  ।

उनले कलाकारहरूलाई सांसदहरूको संख्या र पुरानो भवनबाट सभा सञ्चालन गर्न असम्भव भएका कारण बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसद्को सभा सञ्चालन भइरहेको जानकारी गराए ।

सभामुख कलाकारिताको माध्यमबाट संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिन सक्ने धारणा राखे । 

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ मा विभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँग सभामुखले साक्षात्कार गरेका हुन् । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : ५४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष