सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने « Khabarhub

सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताएका छन्  ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा विभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँगको साक्षात्कारमा सभामुख घिमिरेले निर्माणाधीन नयाँ संसद् भवनको चाडै निर्माण सम्पन्न गर्न लक्ष्य राखे पनि विभिन्न कारणले अझै निर्माणकै क्रममा रहेकाले नयाँ भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताएका हुन्  ।

उनले कलाकारहरूलाई सांसदहरूको संख्या र पुरानो भवनबाट सभा सञ्चालन गर्न असम्भव भएका कारण बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसद्को सभा सञ्चालन भइरहेको जानकारी गराए ।

सभामुख कलाकारिताको माध्यमबाट संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिन सक्ने धारणा राखे । 

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ मा विभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँग सभामुखले साक्षात्कार गरेका हुन् । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : ५४ बजे

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको